आमा–बुबाको चौतारी

About This Gathering
🙏 आमा–बुबाको चौतारी 🙏 परदेशमा अग्रजका साथ, भेटघाट अनि मीठा बात ! नेपालमा हुँदा छरछिमेक, इष्टमित्र र आफन्तसँग भेटघाट गर्दै सुखदुःख साट्ने हाम्रा आमा–बुबाहरू अमेरिकामा आएपछि कतिपय अवस्थामा एक्लोपन महसुस गर्नुहुन्छ। यही एक्लोपनलाई कम गर्दै परदेशमा पनि आफ्नै गाउँघरको जस्तो आत्मीय वातावरण सिर्जना गर्ने उद्देश्यले हामीले “आमा–बुबाको चौतारी” सुरु गर्न लागेका छौँ । यो चौतारी हाम्रा आमा–बुबाहरूले एकआपसमा भेटघाट गर्ने, सुखदुःख साट्ने, सँगै खाना पकाउने र खाने, भजन–कीर्तन गर्ने, रमाइला खेल खेल्ने तथा जीवनका अनुभव आदानप्रदान गर्ने साझा थलो हुनेछ। 📅 शुभारम्भ: आइतबार, नोभेम्बर २९, २०२६ 🕚 समय: बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म। 📍 स्थान: Pashupati Buddha Mandir of North Carolina (PBMNC) 7990 NC-751, Durham, NC 27713 सम्पर्क: Bimal Adhikari: 919-523-9982 Bishnu Adhikari: 678-431-0331 Bikash Shakya: 765-464-9310 Kalpana Bhandari: 571-888-1839 सम्पूर्ण आमा–बुबाहरूलाई यस आत्मीय चौतारीमा हार्दिक निमन्त्रणा गर्दछौँ। साथै, आफ्ना आमा–बुबालाई यस कार्यक्रममा सहभागी गराउन सम्पूर्ण छोराछोरीहरूलाई हार्दिक अनुरोध गर्दछौँ। आउनुहोस्, हाम्रा आमा–बुबाहरूको मुहारमा मुस्कान ल्याऔँ, एक्लोपनलाई आत्मीयतामा बदलौँ र परदेशमा पनि आफ्नै परिवारको अनुभूति गराऔँ।
Event Schedule & Agenda
Session-by-session timeline of rituals, talks, cultural programs, and community activities.
The program runs from 11:00 AM – 5:00 PM ET at 7990 NC Highway 751, Durham, NC 27713.